१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेपाली खेलाडीहरूलाई हौसला दिन प्रधानमन्त्रीसहित हजारौं दर्शक त्रिवि मैदानमा



काठमाडौं । नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लगायतका विशिष्ट व्यक्तिहरूसमेत मैदानमा पुगेका थिए । प्रधानमन्त्री दाहाल खेल सुरु हुनुअघि नै मैदान पुगेका हुन् । केहीबेर खेल हेरेर उनी फर्किइसकेका छन् ।

नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय