१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको  छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो । 

सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने छ,’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्नु भएकाले हाम्रो कुन कुन मन्त्रालयमा दाबी रहने छ भन्ने विषयमा पनि कार्यदलले गर्ने छ । नीति तथा कार्यदल दाबी गरेको छ ।’

संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । प्रधानमन्त्री दाहालले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । माओवादीका एक नेताका अनुसार यस प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !