१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चिनियाँ राष्ट्रपति सी फर्किएपछि रुसले युक्रेनमा थाल्यो भीषण हमला



Irpin: Ukrainian soldiers walk next to heavily damaged residential buildings in Irpin, on the outskirts of Kyiv, Ukraine, Wednesday, April 6, 2022. AP/PTI(AP04_07_2022_000020B)

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ चार दिने रुसी भ्रमण सकेर स्वदेश फर्किएपछि रूसले युक्रेनमाथी भीषण हमला सुरु गरेको छ । सी चीन फर्किएको अर्को दिन रुसले इरानमा बनेको ड्रोनको मद्दतमा युक्रेनको राजधानी किभमा भीषण हमला थालेको अमेरिकी समाचार सस्था सीएनएनले जनाएको छ ।

रुसी हमलामा परी नौ जना युक्रेनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । युक्रेनी अधिकारीहरुका अनुसार एकैपटक छ वटा रुसी मिसाइलहरु एक अपार्टमेण्टमा ठोक्किएका थिए । सीको भ्रमणपछि रुसको आक्रमण कम हुने अपेक्षा गरिएको थियो तर रुस झन् आक्रमक बनेको छ ।


प्रतिक्रिया दिनुहोस !