१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

शेखर समूहले माग्यो सरकारमा सम्मानजनक सहभागिता



काठमाडौं । नेपाली कांग्रेसको शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगो लागेको छैन । तर कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । बिहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागवण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।

आफ्नो सम्पर्क कार्यालय, बालुवाटारमा भएको छलफलमा नेताहरुले सरकारमा सम्मानजक सहभागिता हुनुपर्ने बताए । ‘सरकारमा हाम्रो सम्मानजनक र न्यायोचित सहभागिता हुनुपर्छ भन्ने हाम्रो मत हो’, एक नेता भन्छन्, ‘कांग्रेसले ७ पायो भने हामीले ३ पाउनुपर्छ, ९ वटा पायो भने चार वटा चाहिन्छ । नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । उनले भने यसबारे केही नबोलेको एक सहभागीले सुनाए । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताए ।


प्रतिक्रिया दिनुहोस !