१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा निजगढ बनाउनु पथ्र्यो : माधव



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै बनाउन आवश्यक नभएको बताएका छन् । शुक्रबार पार्टीको अर्थयोजना विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अगाडि निजगढ बनाउनुपर्ने धारणा राखेका हुन् । पोखरा र गौतमवुद्ध विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए ।

‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो लुम्बिनीको जरुरी थियो त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !