२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

सरकारले विद्यालय कर्मचारीलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको गरेकाे छ : अध्यक्ष तिवारी



नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले विद्यालय कर्मचारीलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको बताएका छन् । सरकार आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा जुटेका बेला अध्यक्ष तिवारीले आइतबार (३ वैशाख) बजेट विनियोजन गर्न आलटाल गरेको बताएका हुन् ।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हामी विद्यालय कर्मचारीहरूलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजित गर्न आलटाल गरेको अवस्था छ,’ अध्यक्ष तिवारी भने । उनले विद्यालय बन्द नै यसको निकास हो त भन्दै प्रश्न पनि गरेका छन् ।

विद्यालय कर्मचारीहरूले तलबमानसहित विभिन्न माग राखेर सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारीसँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि मन्त्री, सांसद तथा नेताहरूमार्फत दबाव दिएका छन् तर सुनुवाइ भएको छैन ।

विद्यालय कर्मचारीले विद्यालयमा कार्यरत लेखापाललाई ३४ हजार ७१० रुपैयाँ मासिक तलब र २ हजार रुपैयाँ भत्ता, विद्यालय सहयोगी (कार्यालय सहयोगी) लाई मासिक २४ हजार ७०२ रुपैयाँ तलब र मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !