२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

प्रदेश सभा सदस्य लक्ष्मी बिकको पहलमा सुत्केरी महिलाको उद्धार



दार्चुला । सुदूरपश्चिम प्रदेश सभा सांसद लक्ष्मी बिकको पहलमा एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लाको व्याँस गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको माननीय लक्ष्मी विकको पहल र जिल्ला प्रशासनको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चाको जन्म दिएको भएपनि अर्को बच्चाको जन्माउन नसक्ने अवस्था आएपछि बुधबार बिहान हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो । बच्चा जन्माउन समस्या भएको खबर पाएको र त्यसपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि उद्धार गरिएको प्रदेश सभा सदस्य लक्ष्मी बिकले बताइन् । जनताको काममा सँधै समर्पीत रहीरहने समेत बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !