५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ



धनगढी, २३ वैशाख । धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन्।

कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२  हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो।

प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थामन, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो। गुप्तासहित भन्साल छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !