७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

कोशी प्रदेको नाम संशोधन गर्न सरकारलाई चर्को दबाब



विराटनगर। कोशी प्रदेशको नाम सच्याउनुपर्ने माग सहित आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री हिक्मत कार्कीले आग्रह गरेका छन्। तर १४ जेठदेखि प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेका पहिचान पक्षधर दल र जातीय संस्थाहरू वार्तामा बस्न तयार भएका छैनन्। उनीहरू गत १७ फागुनमा राखिएको प्रदेशको नाम संशोधन गर्नुपर्ने अडानमा छन्। लगातारको आन्दोलन नरोकिएपछि कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्ने दलहरू नै पछि हटेका छन्।

प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका १४ वटै जिल्ला सभापतिले प्रदेशको नाम सच्याउन माग गरेका छन्। १६ जेठमा संयुक्त वक्तव्य जारी गर्दै जिल्ला सभापतिहरूले कांग्रेस नेतृत्वले प्रदेशको नामकरणमा भएको गल्ती सच्याउनुपर्ने माग राखेका छन्। त्यसअघि कांग्रेस प्रदेश सभा संसदीय दलले सरकारसँग आन्दोलनरत पक्षको कुरा सुन्न र वार्तामा बस्न तयार हुनुपर्ने माग राखेको थियो।

११ जेठमा पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रदेशको नामकरण संशोधन गरेर आन्दोलनलाई निकास दिनुपर्ने बताएको थियो। कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा, नाम राख्नुपर्ने दबाबका कारणले कोशीको पक्षमा मतदान गरे पनि अब पहिचानको आधारमा प्रदेशको नाम दिनुपर्ने बताउँछन्। संसदीय दलभित्र प्रदेशको नाम फेर्नुपर्ने मत बलियो छ।


प्रतिक्रिया दिनुहोस !