७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

शौचालयमा भित्र आगो लगाएर विद्यालयका लेखापाल गम्भीर घाइते



विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका मृगौलियामा रहेको श्री माध्यमिक विद्यालयका लेखापाल जलेर गम्भीर घाइते भएका छन् ।विद्यालयको शौचालयमा भित्र आगो लगाएर विद्यालयका लेखापाल मनिल ढकाल गम्भीर घाइते भएका हुन् ।

उनलाई शौचालयबाट उद्वार गरी कोशी अस्पताल बिराटनगर लगिएको मोरङ प्रहरीले जनाएको छ । विद्यालयमा काम छ भनी उनी बिहानै घरबाट विद्यालय गएका थिए ।

विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले बताए । उनले घटनाको बिषयमा अनुसन्धान भैरहेको बताए। घाइते ढकालको अवस्था गम्भीर छ ।


प्रतिक्रिया दिनुहोस !