७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

लोकसेवामा भन्दिनु पर्यो भन्छन्, त्यसो हुँदैन भन्दा तपाईं राजनीति गरि खानु हुन्न भन्दै जान्छन्



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने बताएका छन् । उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी दिएका छन् ।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी थियो । उनले त्यसो गर्नेहरूलाई कारबाही हुने बताए । सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो । विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु, उनले चेतावनी दिए, खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु ।

मुलुक यसरी नचल्ने श्रेष्ठको भनाइ थियो । उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने भनाइ राखे । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले सुनाए । रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ । सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ, उनले भने, त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ । १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ ।


प्रतिक्रिया दिनुहोस !