७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

श्रमजीवी पत्रकार संघ उपत्यका प्रदेश समितिको अध्यक्षमा केशव सञ्ज्याल



काठमाडौं । पत्रकार केशव सञ्ज्यालको नेतृत्वमा २५ सदस्यीय उपत्यका प्रदेश समिति घोषणा गरिएको छ ।
शनिबार सम्पन्न उपत्यका प्रदेश समितिको भेलाले केशव सञ्ज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा तारा लिम्बु, महिला उपाध्यक्षमा माया पाण्डेय, सचिवमा शिव गौतम र कोषाध्यक्षमा उमेश विक, सहसचिवमा उत्तम ओझा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा ध्रुव बस्याल, टिका रसाइली, जयराम थापा, सकुन्तला मगर, जस्वीर लामा, नरहरी आचार्य, अरुणा मानन्धर, टोपेन्द्र रोक्का, सुम्मिता सुनार, शिवप्रसाद काफ्ले, भुवन तिमिल्सिना, जगत आचार्यलगायत छन् ।

अध्यक्ष सञ्ज्यालले सञ्चारकर्मीको अधिकार सुनिश्चित गर्दै श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र श्रमको सम्मान साथै प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको प्रमुख आथित्यतामा घोषणा कार्यक्रममा प्रतिनिधित्व गरेका हुन्। कार्यक्रममा अध्यक्ष जैसीले संगठनको उद्देश्य, प्रगति विवरण, र उपत्यका प्रदेश समितिले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट पारेका हुन्।

समितिका सल्लाहकारमा गणेश विक, बिष्णु खनाल, श्रीराम वाग्ले, यदु प्रसाद पोखरेल, शन्देश अर्याल रहेका छन् । समितिका सल्लाहकार विकले सञ्चारकर्मीको अधिकार सुनिश्चित गर्दै श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र श्रमको सम्मान साथै प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !