७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

टोपबहादुरका पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बहस गर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतका वकिलले बहस गर्ने भएका छन्। उक्त प्रकरणमा पक्राउ परेका टोपबहादुरसहित १८ अभियुक्तका विषयमा काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुँदै छ। थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदै छ।

आज, भोलि र पर्सि सरकारी वकिलले बहस गर्नेछन् भने त्यसपछि बुधबारदेखि मंगलबारसम्म अर्थात् ६ दिन प्रतिवादीतर्फका वकिललाई बहसका लागि समय उपलब्ध गराइएको छ। जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने र त्यही दिन आदेश जारी गर्नेगरी तालिका निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !