७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन । तर अहलिे पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !