७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

अखण्ड भारतको नक्साबारे नेपाल सरकारलाई जानकारी छैन : परराष्ट्रमन्त्री एनपी साउद



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको अखण्ड नक्साबारे आफू र नेपाल सरकारलाई जानकारी नभएको बताएका छन् । शुक्रबार भारतीय टेलिभिजन च्यानल ‘आजतक’ सँग कुरा गर्दै साउदले यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले आजतकलाई दिएको २१ मिनेट ४५ सेकेन्ड लामो अन्तर्वार्तामा भनेका छन्, ‘अखण्ड भारतको नक्सा बारेमा मलाई कुनै जानकारी छैन । जानकारी नभएको कुरामा प्रधानमन्त्रीले बोल्ने कुरा आएन ।’

आजतक पत्रकारले अखण्ड भारतको विषयमा बिरोध भएको भन्दै नेपाली प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदी बीचमा कुनै वार्ता भएको छ कि छैन भन्ने कुरामा साउदले भने, ‘यो एक मुरल हो। यसमा नेपालले कुराकानी गर्न आवश्यक छैन । अखण्ड भारत २५ सय वर्ष अगाडि चित्र भएको भन्दै त्यसमा नेपालको सिमाको कुरा आवश्यक नभएको साउदले बताएका छन् । साउदले यो सबै फेसबुकमा आएको भन्दै सामान्यीकरण गरेका छन् । भारतीय विदेश मन्त्रालयले अखण्ड भारत बारेमा बोल्दा नेपाली परराष्ट्रमन्त्रीले भने नेपाललाई ‘जानकारी नभएको’ भारतीय च्यानललाई बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !