७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भनेपछि संसद्‍मा हङ्गामा



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए । हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले नियमापत्ति जनाए । संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !