६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

प्रधानमन्त्री बोल्दाबोल्दै संसदमा सूर्य थापाले बबण्डर मच्चाए



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सांसद सूर्य थापाले उठेर संविधानको १११ को ९ को १० पछिको तर पछिको व्यवस्था पढेर सुनाउन चाहन्छु । त्यसले नयाँ संसद् आएपछि पहिलाका विचाराधीन विषय निष्क्रिय हुने व्यवस्था गरेको छ । यसमा प्रधानमन्त्रीले हाकाहाकी झुट बोलिरहनुभएको छ ।

संविधान विपरीत भयो खेद प्रकट गर्छु भनेपछि प्रधानमन्त्रीले आफूलाई प्रस्ट गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए । त्यसपछि पुन प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि केहीवेर प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकिएको छ । त्यसपछि फेरि एमालेका अर्का सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्किृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !