६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

भारतमा अमेरिकी राष्ट्रपतिको जस्तै भव्य स्वागत गरियो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफुलाई भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिको जस्तै भव्य स्वागत गरिएको बताएका छन् । संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफुलाई उच्च सम्मान गरेको बताए । उनले भने, माननीयहरुले भारतमा राज्यमन्त्री स्वागत गरेको कुरा उठाए तर म भन्न चाहन्छु, विशिष्ट परिस्थितमा मात्रै उच्च नेतृत्वको स्वागत तथा बिदाई गर्ने गरेको छ । तर दिल्ली भरी जसरी नेपालका अरु प्रधानमन्त्रीहरुको जस्तै स्वागत गरिएको थियो । इन्दौरमा भने अलि भव्य स्वागत गरियो । त्यहाँबाट उज्जैन जाँदा भने निकै भव्य स्वागत गरेको थियो । भारतीयहरुले मात्रै नभई नेपालीहरुले पनि मलाई भव्य स्वागत गरे । त्यस्तो स्वागत अमेरिकी राष्ट्रपतिको बेलामा बाहेक अरु अवस्थामा नभएको उतैका मानिसहरुले भनेको कुरा हो । मैले भनेको होईन प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस !