६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

बंलादेश जान कालापानी, लिपुलेकसँग साट्ने कुरा प्रधानमन्त्रीले गरेकै हुन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरासँग बंगलादेश जाने बाटोसँग साटफेर गरेको दाबी गरेका छन् । उनले संसदमा बोल्दै बंलादेशसम्म पुग्न कालापानीसँग भूमि साट्नु पर्दैन हाम्रो अधिकार हो । प्रधानमन्त्रीको भारत भ्रमण साह्रै फितलो भएको छ । सुगौली सन्धिभन्दा ठूला अरु प्रमाण के हुन सक्छ । कालापानी, लिपुलेक लिम्पियाधुरालाई नेपालको हो भनेर यही संसदले सर्वसम्मत पारित गरेको हो । हामीसँग यथेष्ट प्रमाण छ । त्यसैले यो विवाद होईन, विवादास्पद बनाउन खोजिएको छ । त्यसैले भूमि साटफेर गर्न मिल्दैन ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !