१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ठमेलमा लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीले गरे हत्या



काठमाडौं । राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी एकजना युवतीको उनकै प्रेमीले कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालका अनुसार ठमलेको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन्।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेका थिए।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो। त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो। तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताए।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए। उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन्। अहिले अमरलाई सोह्रखुट्टे प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !