२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

स्याङ्जामा जीप दुर्घटना, चार जना घाईते



स्याङ्जा । स्याङ्जाको शिरुवारीबाट फर्कँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी बुधबार साँझ दुर्घटनामा परेको छ। अर्जुनचौपारी गाउपालिका ३ स्थित खोलेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा चार जना घाइते भएका छन्। एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइते हुनेमा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल, टिकाराम पौडेल र चालक अमृत खनाल घाइते भएका हुन्। चालक खनालको अवस्था चिन्ताजनक रहेको अर्जुनचौपारी प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !