२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक



पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता नगरेको पाइएको छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेका हुन् । पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए ।

प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने व्यवस्था कुनै ऐन-कानूनले गरेको छैन । तर, पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि अनधिकृत रुपमा सवारी र चालक राखेका छन् । पोखरेलले सवारीसाधन र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले जानकारी दिए ।

सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गर्दै आएको स्टोर प्रमुख आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !