२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधवार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू साथमा नै आउने छन् । दक्षिण एसिया मा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !