२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

सुटिङका क्रममा घाइते भएका शाहरुखको शल्यक्रिया गरियो



काठमाडौं । बलिउड अभिनेता शाहरुख खान फिल्म सुटिङका क्रममा घाइते भएका छन्। दैनिक भास्करका अनुसार अमेरिकामा सुटिङका ​​क्रममा शाहरुख दुर्घटनामा परेका हुन्। उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ। शाहरुखको सानो शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा सुधार आएपछि उनलाई मुम्बई ल्याइएको छ।

पछिल्लो केही दिनदेखि उनी अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङ गरिरहेका थिए। ३१ वर्षे लामो करियरमा शाहरुख खान सुटिङका ​​क्रममा धेरैचोटि घाइते भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय