
बागलुङ । बागलुङमा एकजना वरिष्ठ प्रहरी सहायक निरीक्षक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बागलुङ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय भृकुटीमा कार्यरत वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्वल पौडेल बागलुङ नगरपालिका–६ स्थित आशा होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। ‘अहिले हामी घटनास्थलमै छौँ, थप कुरा बुझ्दै छौँ’, एक प्रहरीले भने, ‘अहिले हामी व्यस्त छौँ, पछि कल गर्नुहोला।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।