२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

सिम्रन परियारले एक सातामा १३ वटा गीत रेकर्ड गराइन्



काठमाडौं । गायिका सिम्रन परियारले एक सातामा १३ वटा गीत गाएकी छन् । उनले ६ दिनमा १३ वटा गीत गाएकी हुन् । मैले यो पटक काठमाडौं आउँदा ६ दिनमा १३ वटा गीत गाएँ । अरु पनि थुप्रै गीतका लागि अफर आइरहेको छ,” सिम्रनले भनिन्, “तर, पढाई छुट्ने भएकाले बुधबार (आज) घर जाँदै छु ।”

सिम्रनले ‘उसलाई पाउन–२’, ‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेलीभित्र….’, ‘पानी परेको…’ सहित १३ वटा गीत गाएकी हुन् । युट्युब भिडियोमा सिम्रनको गायकी मन पराएपछि सुनील बीसीले बागलुङबाट काठमाडौं बोलाएर पहिलोपटक अवसर दिएका थिए । सुनीलले आफ्नो शब्द तथा संगीत रहेको ‘उसलाई पाउन–२’ गाउन दिएका थिए । यसको मेल भर्सन यसअघि नै प्रमोद खरेलले गाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !