२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

संघीय निजामती कर्मचारी ऐन मंगलबारको मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री



राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको जानकारी दिए। उनले मन्त्रिपरिषदमा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लानका लागि रोकिएको प्रस्ट पारे।

प्रधानमन्त्री दाहालले नेपालको संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कानुनहरू निर्माणको प्रक्रियामा रहेका बताए।

त्यस्तै, अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसदमा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय