२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग



काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आयोगले सूचित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस १७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको आयोगले जनाएको छ। सूचनाअनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट पनि दरखास्त दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !