२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

युटिएल, म्याक्स नेट र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो ।


प्रतिक्रिया दिनुहोस !