१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ । अब नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !