१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

सुप्रीम विशेष : इजरायलको सामुद्रीक बाढीले बढार्ला त हमासको अत्याधुनिक प्रविधिको विशाल सुरुङ सञ्जाल ?



एजेन्सी । गाजामा इजरायलको स्थल अपरेशनको सात हप्तामा, इजरायली सेनाका लागि निकै चुनौती ठानिएको हमासको सुरुङ नेटवर्कमा पानी भर्न परिक्षण थालिएको छ । भूमिगत सञ्जाललाई नष्ट गर्ने प्रयासमा, इजरायलले गाजाका केही सुरुङहरू समुद्री पानीले भर्न थालेको एक अमेरिकी अधिकारीले मंगलबार दाबी गरेका छन् । यदि यो परिक्षण सफल भयो भने, हमासको भूमिगत टनेल सञ्जाललाई ठूलो मात्रामा बाढीले बढार्ने अपेक्षा इजरायलको छ । तर यो विधि कठिन र विवादास्पद रहेको छ। पर्याप्त पानीको उच्च दबाब हमासको भूमिगत सडक संजालमा राख्ने प्रयास गरिए पनि यो आंशिक रूपमा मात्र सफल हुने बताईन्छ ।

यो परिक्षणले स्वच्छ पानीको आपूर्तिलाई दूषित गर्नुका साथै गाजातर्फ सतहमा रहेका भौतिक पूर्वाधारहरूलाई क्षति पुर्‍याउने जोखिम पुर्याउने जानकारहरु बताउँछन् । त्यस्तै यो पानीको परिक्षणले गाजामा अझै पनि हमासद्वारा राखिएका बन्धकहरूलाई मार्ने जोखिम रहेको बताइन्छ । हमासले बन्धक बनाएका सयौँ इजरायलीहरु हमालको विसाल भूमिगत संजालमा राखिएको विश्वास गरिन्छ। इजरायलीहरू यो विधिले काम गर्ने नगर्ने सन्देहमा भएपनि अमेरिकी अधिकारीहरुले भने, हमासले बन्धक राखेका इजरायली बन्धकहरू नराखिएको सुरुङहरूमा मात्र परीक्षण गर्ने छन् ।

हमासका प्रवक्ता ओसामा हमदानले लेबनानको राजधानी बेरुतमा आयोजित पत्रकार सम्मेलनमा गाजामा हमासले निर्माण गरेका सुरुङहरू उच्च प्रशिक्षित इन्जिनियरहरूले निर्माण गरेका थिए । जहाँ पानी पम्पिंगसहित सबै सम्भावित आक्रमणहरूलाई विचार गरेर निर्माण गरिएका छन् । यद्यपि सुरुङहरूले गाजाका बासिन्दाहरूको लागि आर्थिक जीवन रेखाको रूपमा पनि काम गरेको छ । गाजाका मानिसहरूले इजरायल र इजिप्टले १७ वर्षसम्म नाकाबन्दी गरेको बेला अमेरिकी फास्ट फूडको ढुवानी गर्ने गरेका थिए ।

यद्यपि हमासले निर्माण गरेका सुरुङहरू अद्भुत रहेको बताइन्छ । भूमिगत संरचना गाजा पट्टीको अधिकांश भाग अन्तर्गत बनाइएको छ । एक घना जनसंख्या भएको क्षेत्र जहाँ बीस लाख भन्दा बढी मानिसहरूको बसोबास छ । ती सुरुङहरु करिब दुई सय फिट मुनी निर्माण गरिएका छन् । हमासका सुरुङहरू युवा लडाकुहरू, अत्याधुनिक हतियारहरू, आवश्यक सामानहरू र यहाँसम्म कि कारहरू अट्न सक्ने पर्याप्त ठूला हुन सक्छन् । हमास समूहद्वारा जारी फुटेजहरूका अनुसार कतिपयलाई सिमेन्टको बाक्लो पर्खालले बलियो बनाइएको छ । कतिपयमा धातुका ढोकाहरूद्वारा छुट्याइन्छ साथै ती सबै ढोका जोडिएका हुँदैनन्, विज्ञहरू भन्छन्।

यद्धपी अपरेशन सफल हुनका लागि, सुरुङहरूमा पानी पम्प गर्ने दबाब सिमेन्टका पर्खालहरू मात्र नभई तिनीहरूमध्ये केहीलाई अलग गर्ने बाक्लो, धातुका ढोकाहरू पनि नष्ट गर्न सक्नु पर्दछ । कम्तिमा, इजरायली सेनाको पानीको बाढी परिक्षण अपरेसनले हमास लडाकुहरूलाई सुरुङ भित्र धकेल्न बाध्य तुल्याउन सक्छ, जसले इजरायली गुप्तचरलाई हमास र सम्भावित बन्धकहरूको पहिचान गर्न मद्दत गर्नेछ। २०२१ मा, हमासले गाजा अन्तर्गत ५०० किलोमिटर (३११ माइल) सुरुङ निर्माण गरेको दाबी गरेको थियो। यसलाई परिप्रेक्ष्यमा राख्नको लागि, गाजा पट्टी मात्र ४१ किलोमिटर लामो र १२ किलोमिटर चौडा रहेको बताईन्छ । इजरायली सेनाले यस महिना गाजामा कम्तिमा ५०० वटा टनेल शाफ्टहरू नष्ट गरेको र प्यालेस्टिन वरपर ८०० भन्दा बढी रहेको बताएको छ। अधिकांश सुरुङ शाफ्टहरू मानिसको बसोबास रहेको क्षेत्रहरूका साथै भौतिक संरचनाहरू भित्र अवस्थित थिए। भूमिगत संजाल भित्र खाने, बस्ने सुविधाहरु रहेको विश्वास गरिन्छ । त्यस्तै बिजुली पानीको राम्रो व्यवस्था रहेको बताईन्छ ।


प्रतिक्रिया दिनुहोस !