१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु



धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । दुबईमा सेक्युरिटी गार्डमा रुस गएका भरत शाह पूर्व प्रहरी हुन् ।


प्रतिक्रिया दिनुहोस !