१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

शौचालय पनि जान नसक्ने अवस्थामा पुगे डा. केसी, भोलि नै सत्याग्रह तोड्ने



Dr. Govinda KC

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसन बसेका डा. गोबिन्द केसीले भोलि नै सत्याग्रह तोड्ने भएका छन् । गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुग्दै सत्याग्रह तोड्ने केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । बढ्दो उमेर र हालै मात्र शल्यक्रिया गरेका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सत्याग्रह तोड्ने भएका हुन् । उनका अनुसार डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । ‘आजदेखि शैचालय पनि जान नसक्ने अवस्थामा पुगेको जैसीले बताए ।


प्रतिक्रिया दिनुहोस !