१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

नक्कली सवारी दर्ता किताब बनाउने दुई जना पक्राउ, पाँच वटा कार पनि बरामद



काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ का ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–१ का ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् । प्रहरीका अनुसार उनीहरूले लिखत किर्ते गरी सवारी दर्ता किताबसहितका कागजातहरू तयार पार्ने गरेका थिए । गोप्य सूचनाको आधारमा उनीहरूलाई गत शुक्रबार काठमाडौंस्थित कालिमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट भन्सार चोरी पैठारी गरी ल्याइएका पाँचवटा कार, विभिन्न सरकारी कार्यालयका चार थान छाप, ब्लूबुकसहितका कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !