२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

संसदीय समितिको निर्णयप्रति रास्वपाको विरोध, तोसिमाले भनिन्- अवैधानिक निर्णय सच्याउनुपर्छ



संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका नर्सिङ कलेजमा भर्ना गर्न शिक्षा मन्त्रालयलाई दिएको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ ।

२ माघमा समितिले शिक्षा मन्त्रालयलाई भर्ना गर्न निर्देशन दिएको थियो । उपसमितिबाट टुङ्गो लाग्न बाँकी विषयमा निर्देशन दिनु गलत भएको समिति सदस्य एवं रास्वपा सांसद डा. तोसिमा कार्कीले बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा स्वास्थ्य समितीमा माननीय सुमना श्रेष्ठ र म छौँ । हरेक बैठकमा कम्तीमा एक जना उपस्थित छौँ । तर उपसमितीबाट फाइनल नै नभएको र समितिमा प्रतिवेदनउपर छलफल र निर्णय नै नभई जसरी समितीबाट निर्देशन गएको छ। यो सरासर अवैधानिक छ ।’

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच पीसीएल नर्सिङको सम्बन्धन, नियमन, मापदण्ड आदीको विषयमा आएको विवादलाई विस्तृत अध्ययन गरी समाधान सुझाउन गठित उपसमितीमा सांसद कार्की पनि छिन  । प्रतिवेदनमा आफूले हस्ताक्षर गर्न नमानेको उनले बताइन ।

भनिन, ‘सरोकारवालासँग छलफल र विज्ञको रायसमेत लिइसकेपछि पनि प्रतिवेदनको खाकामा चिकित्सा शिक्षा ऐनको मर्मविपरीत र नर्सिङको गुणस्तरको मापदण्डलाई खलल हुने किसिमका सुझावहरू राखिएकाले मैले फरक मत राखी हस्ताक्षर गर्न नमानेपछि संसदीय समितीको सभापतिले- तपाईंहरू थप छलफल गर्नुस् र समझदारीमै साझा राय लिएर आउनुस् भन्नुभएपश्चात छलफल हुन बाँकी नै थियो ।’


प्रतिक्रिया दिनुहोस !