२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

प्रजातन्त्र दिवसमा पत्रकारहरुलाई निषेध गरेपछि फोटो पत्रकार समूहको भत्र्सना



काठमाडौं । काठमाडौंको टुडिखेलमा प्रजातन्त्र दिवसको ७३ वार्षीक उत्सवमा फोटो पत्रकारहरुलाई प्रवेश निषेध गरेपछि फोटो पत्रकार समूहले गम्भीरु ध्यानाकर्षण भएको बताएको छ । फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घाश्याम श्र्ष्ठले विज्ञप्ति जारी गर्दै पत्रकारहरुलाई प्रवेश निषेध गरेको घटनाको विरोध जनाएका हुन् । सरकारले संविधान प्रद्धत्त अधिकार हनन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । कार्यावाहक महासचिव श्रेष्ठले ७३ वर्ष बितेर आजको दिनसम्म आईपुग्दा पनि पत्रकारले फोटो तथा भिडिओ खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो ? भन्दै प्रश्नसमेत गरेका छन् । त्यस्तै विज्ञप्तिमा कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन् । आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग हामी जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !