२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

व्यवसायी अपहरण काण्डमा नेपाली काग्रेसका युवा तथा लोकप्रिय नेता गणेश लामाविरुद्ध जाहेरी



ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै नेपाली कांग्रेसका युवा तथा लोकप्रिय नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ ।

आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे । पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए ।

२०७४ सालमा काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका उनी पराजित भए । पछि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !