२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

कांग्रेस महासमिति बैठकमा अर्जुननरसिंह केसीको प्रस्ताव- ‘हजार र ५ सयका नोट प्रतिबन्ध लगाऔैं’



कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महासमिति बैठकमा एकहजार र ५ सयका नोत प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका छन् । मुलुकको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

‘राजनीतिमा लागेका हामीजस्ता व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेका छन् । कोठाभरि पैसाको गोदाम नै बनाएका छन् भन्ने जनतामा भ्रमपूर्ण सन्देश पुर्‍याइएको छ । माफिया, विचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ । देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गनुपर्ने आवश्यकता छ’ उनले भनेका छन्,’त्यसैले एकहजार र पाँचसयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ ।’

उनले वित्तीय अराजकता र अनुशासनहीनता पराकाष्ठामा पुगेको उल्लेख गरेका छन् । ‘भ्रष्टाचार विरोधको नारा भाषणमा मात्र सीमित छ । तसर्थ सम्पूर्ण चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिनको लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा देशले भरोसा गर्नसक्ने व्यक्तिहरूको शक्तिसम्पन्न न्यायिक आयोग गठनको प्रतिबद्धता गर्नुपर्दछ । यो प्रस्ताव मैले धेरैपटक पार्टीको केन्द्रीय समितिको बैठकमा पनि प्रस्तुत गरेको छु’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !