२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

राष्ट्रपति पौडेलद्वारा पञ्चकोटमा पाँच हजार ५५५ किलोको महाघण्ट अनावरण



बागलुङको पञ्चकोटस्थित सर्वसिद्धिधाममा पाँच हजार ५५५ किलोको महाघण्ट अनावरण गरिएको छ। सर्वसिद्धिधाममा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त महाघण्ट अनावरण गरी पूजाअर्चना गरेका हुन्।

धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास भएको पञ्चकोटमा बुधबारदेखि सुरु भएको महायज्ञको गण्डकी प्रदेशका १०८ कन्याले शुभारम्भ गरेका थिए। अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाइमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुनेछ। 

महायज्ञमा २१ हजार ५५५ क्विन्टल धान्याचलसमेत गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा नभएको ब्रह्माण्डीय महायज्ञ बागलुङमा पहिलोपटक हुन लागेको हो।

‘अहिलेसम्मको जानकारीअनुसार यस्तो ब्रह्माण्डीय महायज्ञ नेपालमा पहिलोपटक सुरु भएको छ,’ कमलनयनाचार्यले भने, ‘हजारौँ वर्ष पहिले कहिले भएको भए नेपालमा भयो, तर त्यो कतै इतिहासमा छैन्, महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन्। यो एउटा अद्भूत संयोग रहनेछ।’ 


प्रतिक्रिया दिनुहोस !