१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

पीएनजीलाई नेपालको विशाल लक्ष्य, कुशल र जोराको शानदार अर्धशतक



काठमाडौं । हङकङमा त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको छ । नेपाले निर्धारित २० ओभरमा १९८ रनको विशाल स्कोर बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेल र तल्लोक्रमका ब्याटर सन्दीप जोराले आक्रमक ब्याटिङ गरे ।

ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारीमा ३९ बलमा चार छक्का र चार चौकासहित ५९ रनको इनिङ खेले। त्यस्तै सन्दीपले २६ बलमा ५४ रन बनाए । कप्तान रोहित १ रनमै आउट हुँदा ओपनर बिनोद भण्डारीले २२ बलमा २७ रन बनाए । त्यस्तै विवेक यादवले चार बलमा नट आउट १९, आरिफले ४ रन, गुल्सनले १५ र लोकेश बमले १४ रन बनाए ।


प्रतिक्रिया दिनुहोस !