१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

त्रिकोणात्मक टी-२० आई सिरिज उपाधिको लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै



काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो । बिरामी भएका अभिनाश बोहरा फिट भएमा आकाश चन्द बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना छैन ।

पपुवा न्युगिनीले प्रमुख दुई बलर कवुआ मोरेवा र एली नाओलाई विश्राम दिएको थियो । यी दुई बलर आउँदा बलिङ आक्रामण मजबुत हुनेछ । हङकङबीविरुद्ध ५१ रन बनाएका टोनी उरा र ६१ रन बनाएका सेसे बाउ प्रमुख ब्याटर हुन् । नेपाल र पपुवा न्युगिनीबीच ५ टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी भएको छ ।


प्रतिक्रिया दिनुहोस !