२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो, एआईजी वज्राचार्यलाई हुनसक्छ कारबाही



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शुक्रबार अपराह्न पाँच बजेका लागि बैठक बोलाइएको रक्षामन्त्री हरि उप्रेतीले जानकारी दिए । 

सुन तस्करी प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आयोगले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै, यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानमा त्रुटि गरेको समेत औँल्याएको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलेन सीआईबी प्रमुख एआईजी किरण वज्राचार्यलाई कारबाही गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् बैठकले यो विषयमा पनि निर्णय गर्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !