१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

महिला सहकर्मीमाथि दुर्व्यवहारको आरोप लागेका राष्ट्र बैंकका कर्मचारी सेवाबाट हटाइए



महिला सहकर्मीमाथि दुर्व्यवहारको आरोप लागेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाइएको छ। नेपाल राष्ट्र बैंक मानव संशाधन विभागले मंगलबार (चैत ६ गते)देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाएको हो।

आचार्य यसअघि पनि पटकपटक विवादमा परेका र पटकपटक बानी सुधारका लागि चेतावनी दिँदा पनि नसुध्रिएपछि हटाइएको राष्ट्र बैंकका एक कर्मचारीले बताए।

आचार्यले गत २७ पुसमा राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा आफ्नै सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकको छानबिनबाट पनि दोषी देखिएपछि स्पष्टीकरण सोधिएको थियो। सप्षटीकरणमा जवाफ चित्त बुझ्दो नआएपछि सेवाबाटै हटाइएको ती कर्मचारीले बताए।


प्रतिक्रिया दिनुहोस !