१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

केदार कार्कीको सरकार ढाल्न कांग्रेसकै सांसदको ओली निवास बालकोटमा डेलिगेसन



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न काङ्ग्रेसकै प्रदेश सभा सदस्य अमृत अर्यालले चलखेल थालेका छन् । अर्याल नेपाली काँग्रेसको तर्फबाट मोरङ ५ (१) बाट निर्वाचित भएका हुन् । लामो समय नेपाली काँग्रेस मोरङको सभापति भएका अर्याल मुख्यमन्त्री बन्ने भन्दै निर्वाचनमा होमिएका थिए । संसदीय दलको नेताको निर्वाचनमा २ मत पाएपछि उन मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुन नसकेका अर्याल बुधवार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

बुधवार साँझ बालकोट पुगेका प्रदेश सभा सदस्य अर्यालले केदार कार्की नेतृत्वको सरकार वैधानिक नहुने र नयाँ सरकार बनाउनु पर्ने ओली समक्ष बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गरिदिन अध्यक्ष ओली समक्ष अनुरोध गरेका छन् । भेटमा तत्काल केदार कार्की नेतृत्वको बहिर्गमन हुनु पर्ने बताएका छन् । अर्यालको अनुरोधमा अध्यक्ष ओलीले हेरौला भन्ने बचन दिएका छन् ।

संविधानको धारा १६८ (५) अन्तरगत सरकार बनाउने बेलामा पनि उनी एमाले अध्यक्ष ओलीसँग भेट्न पुगेका थिए । सो भेटमा ओलीले सरकार गठन गर्न पुग्ने सङ्ख्या लिएर आउन भनेका थिए । एमाले श्रोतले भन्यो अर्यालले सरकार गठनका लागि काँग्रेसका आवश्यक सांसद पुर्‍याउन नसकेपछि केदार कार्कीसँग सरकार गठनका विषयमा कुरा भएको थियो । एमालेका ३९ प्रदेश सभा सदस्य रहेको बेला आर्यालले काँग्रेसका ८ प्रदेश सभा लिएर आउनु पर्ने थियो । उनले ८ जना काँग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर आउन नसकेपछि एमालेले काङ्ग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !