१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

धरानमा घाँटी रेटेर हत्या गरिएकी युवतीको शवको सनाखत, त्यस क्षेत्रका केही मान्छे फरार



धरान । सुनसरीको धरानमा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ। धरान उपमहानरपालिका १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको थियो। उक्त शव धरान १६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको सुनसरी प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। घटनापछि त्यस क्षेत्रका केही मान्छे फरार छन्। प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ।

बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्। सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ। युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !