१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा ३ वटा बाघ मरे



पर्सा । पाँच महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बयस्क बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याएको करिब ८ वर्षको वयस्क भाले बाघ यही चैत १६ गते मरेको छ।

त्यसअघि पाँच वर्षभन्दा माथिका दुईवटा पोथी बाघ पनि खोरमै मरेका थिए। निकुञ्जको खोरमा लगातार बाघ मर्न थालेपछि निकुञ्ज प्रशासनको आलोचना सुरु भएको छ। तर, निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले पाँच महिनायता मरेका तीनवटै बाघ गम्भीर घाइते भएकाले उपचार गर्दा पनि नबाँचेका बताए ।

तीन दिनअघि मरेको बाघ गएको असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाइते अवस्थामा फेला परेको थियो। त्यो बाघ चितवनमा राख्ने ठाउँ नभएपछि पर्सा राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेर राखिएको थियो। तीनवटै बाघ मरेपछि पर्सा निकुञ्जको खोर रित्तो भएको छ।

निकुञ्ज प्रमुख खतिवडाले नरभक्षी र घाइते अवस्थाका बाघलाई मात्रै केही समय खोरमा राखिने बताए। उनले पर्सा राष्ट्रिय निकुन्जमा बन्यजन्तु अस्पतालको खाँचो देखिएको बताए। उनले निकुञ्जको खोर होल्डिङ सेन्टर मात्रै भएको बताए। उनले निकुञ्जको खोरलाई चिडिया खाना जस्तो सम्झिनु नहुने बताए।


प्रतिक्रिया दिनुहोस !