१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

राजेशपायल राईसहित तीन कलाकार पक्राउ



काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले स्रोतले जानकारी दियो । तीन कलाकारबाहेक उनीहरूसँगै रहेका अन्य पाँचजना पनि पक्राउ परेका छन् ।


प्रतिक्रिया दिनुहोस !