२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सीके राउतले ढोगे टोकियो युनिभर्सिटीलाई



जापान भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले त्यहाँको टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका छन् । 

जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सीके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् । १८ वर्षपछि जापान पुगेका उनी आफू पढेको सो कलेजलाई ढोगेका छन् । 

उनी जापान उड्नुअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ ।  मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’


प्रतिक्रिया दिनुहोस !