२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

आयरल्यान्डविरुद्ध नेपालको हरिबिजोग, झिनो लक्ष्य पाएको नेपाल ६० रनमै अलआउट



काठमाडौं । लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौका सहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भए ।

स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २/२ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएको थियो ।

आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन, कप्तान निल रकले ४५ रनमा बनाए । त्यस्तै लियाम म्याकार्थीले ३५ रन बनाए । पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले ३ विकेट, रिजन ढकालले पनि ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !