२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

को-को हुन् विश्वका २० टप डलर अर्बपति, जसको मुठ्ठीमा छ सारा विश्व



अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ।

विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४।२ ट्रिलियन डलर पुगेको छ । यो सन् २०२३ को भन्दा २ ट्रिलियन धेरै हो । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो।

नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै रहेको छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा चीनमा रहेका छ । चीनमा ४ सय ७३ जना अर्बपति छन् । तेस्रो स्थानमा रहेको भारतमा रहेको छ । भारतका अर्बपतिको संख्या २ सय जना पुगेको छ ।

यी हुन विश्वका शीर्ष २० अर्बपति

१. बर्ना आर्नो : लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नो यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२. एलन मस्क : एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

३. जेफ बेजोस : अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४. मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।

५. ल्यारी इलिसन :  ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।

६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७. बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९. मुकेश अम्बानी: टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

१०. ल्यारी पेज :  गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

११. सर्गेइ ब्रिन: गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२. माइकल ब्लुम्बर्ग : वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।

१३. अमान्सियो ओर्टेगा :  स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४. कार्लोस स्लिम हेलु : ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६. माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।

१७. गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९. रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०. जेन्सेन हुआंग:  ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।


प्रतिक्रिया दिनुहोस !